‘कोरोनाबारे अनावश्यक आतंक फैलाइयो’

भदौ १७, काठमाडौ – बाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ उनका ९ बर्षिय छोरामा कोरोना पुष्टि भएको १५ दिन पछि नै कोरोना मुक्त भए । घरको आइसोलेसनमै बसेर उनिहरुले कोरोना जिते । उपसभामुख तामाङ कोरोना भाइरसबाट आफु भन्दा पनि छोरा संक्रमित भएकोमा चिन्तित बनिन् । उनले छोरासहित कोरोना जित्नका लागि के कस्ता प्रयास गरिन ? आइसोलेसनका अनुभव के कस्ता रहे ? यस्तै बिषयमा केन्द्रित रहेर इमेख खवर डटकमले तामाङसंग कुराकानी गरेका छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

तपाईको छोरा र तपाई कोरोना भाइरसबाट कसरी संक्रमित हुनु भयो ?

म प्रदेशको उपसभामुख भएको कारणले कोरोना सचेतना गराउदै बिभिन्न स्थानहरुमा हिडिरहेकी थिए । केहि औपचारिक कार्यक्रम पनि संलग्न थिए । भेटघाटका क्रममा बुद्धेश्वर गांउपालिकाका अध्यक्षसंग पनि भेट भएको थियो । उहांलाई कोरोना पोजेटिभ आएछ । त्यसपछि सचिवालयबाटै कोरोना परिक्षण गराउने योजना बन्यो । परिवारदेखि सचिवालयका धेरै सदस्यहरुले साउन २८ गते परिक्षणका लागि स्वाव दियौ । २९ गते सबैको रिपोर्ट नेगेटिभ आयो । तर, मेरो छोरा र मेरो क्लियर नभएकाले फेरि स्वाव दियौै । दोस्रो चरणको परिक्षणको रिपोर्ट भदौं १ गते आयो । रिपोर्टमा छोरा र मेरो मात्र रिपोर्ट पोजेटिभ देखियो ।

तपाई र तपाईको छोरामा कोरोना पोजेटिभ देखिए पछि कस्तो महसुस भयो ?

म त मानिसहरुको सम्पर्कमा नि थिए । त्यसकारण आफुलाई कोरोना हुन सक्छ कि भन्ने अनुमान चाँहि पहिलै देखि लागेको थियो । सामान्य रुघाखोकी चलिरहेको थियो । रुघाखोकी पहिला देखि नै मलाई लागिरहन्थ्यो त्यसकारण कोरोनाको शंका पनि गरिन । अरु लक्षण ममा केहि थिएन । तर छोराको सहित रिपोर्ट पोजेटिभ आउदा चांहि एकछिन आत्तिए । मेरो कारणले छोरालाई पनि संक्रमण भयो भनेर केहि दुख लाग्यो । आफ्नो भन्दा पनि छोराको धेरै पिर प¥र्यो ।

तपाइहरुले होम आइसोलेसमै बसेर कसरी कोरोना पराजित कसरी गर्नु भयो ?

म र मेरो बाबुको सन्र्दभमा हामीमा धेरै लक्षण देखिएको थिएन । मलाइ रुघाखोकी लागेको थियो । बाबुलाइ त झनै केहि लक्षण नै थिएन । त्यसकारण मैले घरमै बस्ने निर्णय गरे । बाबु आत्तिन्छ की भनेर उसलाई कोरोना भएको छ भनेर जानकारी गराइएन । मलाई लागेकाले सुरक्षित बस्नुपर्दछ भनेर बाबुलाई सम्झाए । नियमित रुपमा डाक्टरको परामर्श लिइरहे । कोरोनामुक्त ब्यक्तिहरुले पनि हौसला दिइरहनु भयो । घरमा उपलब्ध तुलसी, तातोपानी र केहि आयुर्बेदिक औषधिको नियमित सेवन गरे । बाबुलाइ पनि गराए । मनोबल उच्च बनाउनका लागि नियमित रुपमा ब्यायाय गरे । सामान्य शारीरीक अवस्था हुदासम्म घरमै बसेर कोरोनालाइ जित्न सकिन्छ भन्ने अनुभव चांहि मैले पाए ।

तपाइ उपसभामुख भएकाले आवश्यक पर्दा चिकित्सक र अस्पतालको पहुंचमा पनि हुनुहुन्छ । तर, कोरोना संक्रमण भएका सर्बसाधरणहरुले घरमा बसेर कोरोना जित्न कसरी सक्लान त ?

मेरो अनुभवबाट केहि सुझाव दिन चाहान्छु । कोरोना सक्रमण भएको सामान्य अवस्थामा अस्पताल जानु पर्दैन । सामान्य लक्षण भएका ब्यक्तिलाई अस्पतालमा पनि सामान्य रुपले उपचार गरिन्छ । अस्पतालका औषधी पनि सिटामोल र तातोपानी नै हुन । घरमा बसेर नियमित रुपमा तालिका अनुसार चल्ने हो भने कोरोनाबाट मुक्ति पाउन सकिन्छ । संक्रमितहरुलाई सामाजिक माया र पारिवारिक माया आवश्यक पर्दछ । जटिल अवस्था भएमा मात्रै हामीले अस्पताल खोज्नुपर्दछ ।

तपाईको अनुभवमा कोरोना सामान्य रोग जस्तो लाग्छ ?

कोरोना रोगबारे जनताहरु एकदमै आतंकीत बनेका छन् । सरकारले यो रोगबारे अनावश्यक आतंक फैलाइरहको छ । संक्रमित ब्यक्तिहरुलाई बिभेदको दृष्टिले हेरिएको छ । यो रोग नलागुन्जेल केहि होइन लागेपछि चांहि मान्छे मरिहाल्छ भन्ने धारणा बिकास भएको छ । यो सोच गलत छ । रोग लाग्छ यसको प्रतिरोध सबै मिलेर गर्ने हो । अहिले समाजमा ब्यक्तिलाइ अपहेलना गरिएको छ । यसो नगरेर कोरोना रोग सहज तरिकारे जित्न सकिन्छ भनेर सरकारले नीतिगत रुपमा लबिङ गर्न आवश्यक देखिन्छ ।

दिन प्रति दिन कोरोना सक्रमण फैलिएको छ, नियन्त्रणका लागि के समस्या देख्नुहुन्छ ?

तीन तहका सरकार विच तालमेल नहुनु कोरोना नियन्त्रणमा देखिएको मुख्य कारण हो । अर्को चांहि जहां नेतृत्वको इच्छाशक्ति हुन्छ त्यहा ब्यबस्थापन राम्रो हुन्छ । उदारहणका लागि नुवाकोट, मकवानपुरमा कन्ट्राक्ट ट्रेसिङ देखि अन्य ब्यबस्थापन राम्रो छ । कन्ट्राक्ट ट्रेसिङको कुरा गर्दा सबैभन्दा भद्रगोल मैले काठमाडौंमा देखेको छु । संक्रमित ब्यक्तिको सम्पर्कमा रहेकाहरुको कुनै लपनि टेसिङ हुदैन । संक्रमितलाई एक कल फोन पनि जादैन । त्यसकारण सबतिर नराम्रो छ भन्न मिल्दैन । जहा नेतृत्व राम्रो इच्छाशक्ति छ त्यहां ब्यस्थापन राम्रो छ । कोरोना नियन्त्रण पनि भएको छ ।

अन्त्यमा , केहि भन्नु छ ?

मैले र मेरो छोराले कोरोनालाइ पराजित गरेका छौं । कोरोना जसलाइ पनि लाग्न सक्छ । संक्रमितलाई भेदभाव नगरौ । संक्रमितहरुलाई पारिवारिक र सामाजिक माया एकदमै आवश्यक हुन्छ । संक्रमितलाइ हतोत्साहित होइन कि प्रेरणा दिने काम गरौं ।