बाँकेमा कोरोना संक्रमितलाई ‘रेम्डेसिभिर’औषधि प्रयोग शुरु

भदौ १७, बाँके-बाँकेमा कोरोना संक्रमितलाई नयाँ प्रकारको औषधिको प्रयोग गरी उपचार शुरु भएको छ । विश्वका अन्य देशमा समेत कोरोना संक्रमितको लागि राम्रो मानिएको नयाँ प्रकारको औषधि संक्रमितको उपचारमा प्रयोग गरिएको हो ।

यहाँस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत अनुपति दिएको औषधि प्रयोगमा ल्याइएको हो । ‘रेम्डेसिभिर’ औषधिको पश्चिम नेपालमै पहिलो पटक कोहलपुरमा पहिलो पटक कोरोना संक्रमितको उपचारमा प्रयोग गरिएको हो ।

कोरोना संक्रमिणको गम्भीर लक्षण एक संक्रमितलाई औषधि दिएर उपचार शुरु कोहलपुर मेडिकल कलेज कोहलपुरले जनाएको छ ।

कोरोनाको गम्भीर खालको लक्षण देखिएका एक संक्रमितलाई ‘रेम्डेसिभिर’ एन्टि भाइरल औषधि प्रयोग गरिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, मेडिसिन विभागका ऐसिस्टेन्ट प्रोफेसर तथा वरिष्ठ फिजिसियन डाक्टर श्याम विश्वकर्माले बताए ।

यो औषधि यही सोमबार कोरोना संक्रमण पुष्टि भइ साँझबाट कोहलपुरमा उपचार शुरु गरिएका बिशालनगर–३ धनगढी घरभइ हाल नेपालगञ्जमा बस्दै आएका एक ४८ वर्षीय पुरुषमा प्रयोग गरिएको हो ।

उनलाई अन्य विधिबाट उपचार गर्दा स्वास फेर्ने र खोकी लाग्ने समस्या समाधान नभएपछि एन्टि भाइरल औषधि अर्थात ‘रेम्डेसिभिर’ विधिको प्रयोगबाट उपचार शुरु गरिएको हो ।

मध्य तथा सुदूरश्चिम क्षेत्रमा पहिलोपटक कोरोना संक्रमितको उपचारको लागि प्रयोगमा ल्याइएको यस प्रकारको उपचारको नेतृत्व डाक्टर श्याम विश्वकर्माले गरेका छन् ।

‘रेम्डेसिभिर’ औषधि प्रायजसो कोभिडका गम्भीर बिरामीलाई प्रयोग गरिन्छ । शरीरमा अक्सिजनको मात्रा कम भएर आइसियुमा राखिएका बिरामीलाई पनि प्रयोग हुन्छ । एन्टि भाइरल औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले टायल रिसर्ज गरिरहेको छ ।