विनोद चौधरी कोरोनाबाट संक्रमित

भदौ १२, काठमाडौ नेपाली कांग्रेसका सांसद तथा व्यावसायी विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्।

चौधरीले शुक्रबार ट्विटर मार्फत आफुलाई कोरोना सक्रमण भएको सार्वजनिक गरेका हुन्।

‘बिहान पिसिआर परीक्षणको रिजल्ट आयो, मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन। म चिकित्सकको सल्लाहामा आइसोलेसनमा वसेको छु । चौधरीले भनेका छन, ‘मेरो सम्पर्कमा आएका सचेत रहनु होला ।’