“शेयर कारोबारमा प्रबिधिले फड्को मारेको छ, लगानीकर्ता प्रविधीमैत्री वन्नु पर्छ ।”

भदौ १२,काठमाडौ – कोरोना रोकथाम र नियन्त्रणका लागि लागि सरकारले चैत ११ गते देखि देशब्यापी रुपमा लकडाउन लागु ग¥र्यो । लकडाउन लागु भएसंगै धितोपत्रको दोस्रो बजार पनि बन्द रह्यो । असारदेखि भने सरकारले लकडाउन केहि खुकुलो बनाउने निति लियो । लकडाउन खुकुलो भएसंगै शेयर बजारमा लगानीकर्ताहरुको उत्साह देखियो । हाल उपत्यकामा अहिले निषेधाज्ञ जारी छ । निषेधाज्ञ भएपनि शेयर बजार बन्द नगर्ने धितोपत्र बोर्डको निर्णय पश्चात शेयर बजार भने सञ्चालीत छ । नेप्से परिसुचक घटबढ भइरहेको छ । शेयरमा लगानीकर्ताहरु भने लगानीका लागि उत्साहित देखिन्छन् ।

लगानीकर्ताहरु किन उत्साहित छन् ? शेयरमा किन लगानी गर्ने ? यि र यस्तै बिषयमा इमेल खवर डटकमले नेपाल पुजीं बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसंग कुराकानी गरेको छ । प्रस्तुत छ उनिसंग गरिएको कुराकानीको सक्षिप्त अंश ।

अहिले शेयर कारोबारको अवस्था कस्तो छ ?

कोरोना रोकथामका लागि पहिलो चरण लगाइएको लकडाउनका कारण कारोबार बन्द भयो । यसले बजारमा केहि असर भने पक्कै ग¥र्यो नै । अहिले पनि निशेधाज्ञा जारी छ । निशेधाज्ञ भएपनि अहिले भने शेयर कारोबार रोकिएको छैन । अहिले शेयर बजारमा लगानीकर्ताहरु बढेका छन् । लगानीकर्ताहरु लगानीका लागि उत्साहित छन् । शेयर गतिबिधिहरु बढेका छन् । सम्रगमा अहिले शेयर बजारको अवस्था राम्रो देखिन्छ ।
शेयर बजारमा लगानीकर्ताहरु बढ्नुका कारण चांहि के हो ?

अहिले कोरोनाका कारण पर्यटन, ब्यबसाय, कृषि जस्ता क्षेत्रहरु ठप्प छन् । अन्य क्षेत्रमा लगानी गर्ने बाताबरण अहिलेको अवस्थामा छैन । अन्य क्षेत्रमा ब्यक्तिहरुसंग भएको पैसा लगानी गर्ने बातावरण नभएकाले शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । अहिलेको समयमा अनलाइन कारोबार गर्न सकिने भएकाले पनि लगानीकर्ताहरु बढेका हुन् ।

शेयरमा लगानी गर्दा के कस्ता कुरामा ध्यान दिनु पर्दछ ?

शेयरमा लगानी गर्नुपुर्व धेरै कुरामा ध्यान दिनुपर्दछ । लगानी गर्दा नाफा कमाउनका लागि छिटो छिटो लगानी गर्नुहुदैन । शेयरमा छोटो र लामो समयका लागि लगानी गर्न सकिन्छ । कम्पनी हेरेर त्यसमा पनि कति समयको लागि लगानी गर्ने स्पष्ट हुनुपर्दछ । शेयरका लगानीकर्ताहरु धेरैजसो अरुको सुझावमा लगानी गर्ने गर्दछन् । लगानीकर्ताहरुले भने शेयरबारे स्पस्ट बुझेको हुनुपर्दछ । शेयरमा लगानी गर्दा प्रतिफल भने अवश्य आउछ ।

शेयर लगानी गर्नका लागि उचित कम्पनी कसरी छनोट गर्न सकिन्छ ?

शेयरमा लगानी गर्नका लागि कम्पनीबारे राम्रोसंग बुझनुपर्दछ । कम्पनीको बार्षिक वासलात हेर्नु पर्दछ । त्यस्तै कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, कूल सम्पति जस्ता आधारभुत कुराहरुको ख्याल गर्नुपर्दछ ।

पछिल्लो समय शेयर कारोबार अनलाइन मार्फत भइरहेको छ ,यो कत्तिको प्रभावकारी छ ?

शेयर कारोबारमा अहिले प्रबिधिले फड्को मारेको छ । बिद्युतीय माध्यमबाट नै कारोबार गर्ने अवस्था आएको छ । अब कारोबार गर्न ब्रोकर खोजिरहने अवस्था छैन । निषेधाज्ञाको समयमा पनि शेयर कारोबार रोकिएको छैन । यो लगानीकर्ताहरुका लागि सकारात्मक कुरा हो । तर केहि कमजोरी भने अझै पनि छन् । लगानीकर्ताहरु बिद्युतीय प्रणालीमा अभ्यस्त भएका छैनन । बैंक तथा बित्तिय संस्थासंग जोडिएर कारोबार गर्नुपर्ने भएकाले केहि समस्या आइरहन्छन् । शेयर किनबेच अनलाइन मार्फत गर्न सकिए पनि बित्तिय संस्थाहरुमा पैसा जम्मा गर्ने अहिले स्थिति छैन। त्यसकारण प्रबिधि मार्फत कारोबार गर्न समग्र बजार नै प्रबिधिमैत्री बनाउन सके प्रभावकारी हुन्छ ।