सिन्धुपाल्चोकको लिदीमा पहिरोमा परि २१ घर पुरिए

साउन ३०,काठमाडौं –सिन्धुपाल्चोकको जुगल गाउँपालिका(२ लिदीमा पहिरो २१ घर परिएका छन् । आज बिहान गएको पहिरोले लिदीका २१ घर पुरिएका हुन् ।

पहिरोले ठूलो मानवीय क्षति गरेको हुन सक्ने उनले बताए । वडाध्यक्ष लामाकाअनुसार अहिले बेपत्ताको उद्दार र खोजी भइरहेको छ ।

लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा छन् भनेर आफूहरूले पटकपटक प्रदेश र संघीय सरकारलाई जानकारी गराए पनि वास्ता नगर्दा आज ठूलो क्षति हुन पुगेको वडाध्यक्ष प्रताप लामाले बताए ।