लागुऔषध मुद्दाका आठ वर्ष पछि पक्राउ

साउन ३०, काठमाडौ – लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको फैसलाले आठ दिन कैद र रु चार हजार जरिवाना तिर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको हो । कैद र जरिवाना तिर्न बाँकी रहेका निज घर्तीको खोजतलास गर्ने क्रममा सम्बन्धित घर बतनमा नै लुकीछिपी बस्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

अदालतसमक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको उनले बताए ।