चितवनका थप १६ जनामा कोरोना पुष्टि

 

साउन २८, काठमाडौं – चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका मध्ये १२ जना भरतपुरका महानगरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन् ।