आमिरको ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने

साउन २८, एजेन्सी – बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ ।

कोरोना महामारीको कारण बलिउडका निर्माण भएर रिलिजको तयारीमा रहेका चलचित्रहरू एक पछि अर्को गर्दै ओटिटी रिलिज भइरहेका छन् ।

यस वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी गरिरहेको चलचित्र अब अर्को वर्षको क्रिसमसमा मात्र रिलिज हुने भएको हो ।

आमिर खान प्रोडक्सनको ‘लाल सिंह चड्ढा’ मा आमिर खान र करीना कपूर खान मुख्य भूमिकामा छन् ।