करेन्ट लागेर एक युवकको मृत्यु

साउन २७, काठमाडौ – दमक नगरपालिका १ मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

ईलामको साक्फारामा स्थायी घर भएका तामाङको सोमवार खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा गए राती १० बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।