उपत्यका छिर्ने नाकामा थप कडाई गर्ने

साउन २६, काठमाडौं –सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको छ भने अत्यावश्यकबाहेक उपत्यका छिर्न रोक लगाएको छ ।

नियमअनुसार मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैंया जरिवाना लिने गरिएको छ । यसैगरी अनुमतिविना काठमाडौं उपत्यका छिर्न खोज्ने साढे ७ हजार सवारी साधन र करिब १९ हजार ४ सय यात्रुलाई प्रवेश नाकाबाटै फर्काइएको छ ।

तोकिएको निर्देशन विपरीत सवारी साधन चलाउने करिब १ लाख ३७ हजार जनाको २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन होल्ड गरिएको छ भने पुनः जोर विजोर प्रणाली लागू भएयता ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।