कोरोनाबाट बच्ने उत्तम उपाय ‘सामाजिक दुरी’ – ओम मुर्ति अनिल

साउन २४, काठमाडौं – मास्क लगाउनु, स्यानिटाइजर  प्रयोग गर्नु र सामाजिक दुरी कायम गर्नु अहिलेको समयमा यी तीन कुराहरु अनिवार्य बनेको छ ।

कोरोना भाइरसबाट बच्नका लागि यी तीन कुराहरु उत्तम मानिएका छन् । यी तीन उपायहरुमा पनि सामाजिक दुरी चांहि प्रभावकारी  रहेको मुटुरोग बिशेषज्ञ डा.ओम मुर्ति अनिल ।

उनले अहिलेको समयमा कोरोना भाइरसबाट बच्नका लागि मानिसहरु एकअर्कामा दुरी कायम राख्नु उत्तम रहेको बताए । मानिसहरु चिनजानका मानिसहरु सामाजिक दुरी कायम राख्नु नपर्ने भ्रम रहेको उनले बताए ।

उनले भने‘मानिसहरुमा चिनजानको ब्यत्तिसंग सामाजिक दुरी कायम गर्नुपर्दैन भन्ने भ्रम छ, तर सबैसंग दुरी कायम गर्नुपर्दछ । उनका अनुसार सबैसंग समान दुरुीमा सामाजिक दुरी कायम गर्नुपर्दछ ।

त्यस्तै उनले सरसफाई र बाहिर निस्कदा मास्कको पनि उचित प्रयोग गर्न ध्यान दिनुपर्ने बताए ।