‘तोरी तेल २’ मा सरोज र आश्मा(भिडियो)

असार २४, काठमाडौं – गायक टङ्क बुढाथोकी र बुनु उप्रेतीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘तोरी तेल २’ बोलको म्युजिक भिडियो शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा गायक टङ्क कै शब्द तथा सङ्गीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

गीतमा यी दुईलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् भने भिडियो निर्देशन पनि विष्टले नै गरेका हुन् ।