रौतहटमा ९ दिने निषेधाज्ञा – सबै बजार पूर्ण बन्द

साउन २४, रौतहट – स्थानीय प्रशासनले जारी गरेको ९ दिने निषेधाज्ञाको पहिलो दिन रौतहटमा पूर्ण प्रभाव देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, चन्द्रपुर, गरुडा, कटहरिया लगायत सबै बजारहरु विहानैदेखि बन्द रहेको छ ।

बजारमा रहेका औषधि पसल ,अस्पतालबाहेक अन्य सबै पसल बन्द रहेका छन् ।

रौतहटमा समुदायभित्र कोरोना भाइरसको संक्रमण फैलिएपछि नियन्त्रणको लागि सिडिओ बाशुदेव घिमिरेले एक सूचना जारी गर्दै २४ गते शनिवारदेखि अगामी २९ गतेसम्म जिल्लाभरी लागूहुने गरि निषेधाज्ञाको निर्देशन दिएका छन् ।