तीन वर्षीय क्यान्सर पीडित बालकलाई सहयोग गर्न आग्रह

साउन १८, काठमाण्डौँ – इलाम नगरपालिका–७ का मिर्गौला क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ । बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् ।

छ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ती बालकको थप उपचारका लागि लाखौँ आवश्यकता पर्ने जनाइएको छ । “ चिकित्सकले बालकको उपचार गर्न रु १२ देखि १३ लाख लाग्छ भनेका छन् । यति रकम त मेरो सबै सम्पत्ति बेच्दा पनि आउँदैन”, बालकका बुवा गोपाल श्रेष्ठले भने, “त्यसैले सबैसमक्ष आग्रह गरेको हुँ ।” आवश्यक रकम जुटाउन नसकेपछि बालकको हालसम्म थप उपचार नभएको जनाइएको छ ।