५०% भाडा छुटले पुगेन भन्दै सिभिल मलका व्यावसायी धर्नामा

काठमाडौको सुन्धरा स्थित सिभिल मलका व्यावसायी १५ दिन देखी  धर्नामा छन । लामो लकडाउन खुकुलो भएसंगै व्यवसाय खुला गरेका व्यावसायीले धर्ना शुरु गरेका हुन । यसको नेतृत्व सिभिल मल व्यावसायी संघले गदै आएको छ । मलमा १६० जना व्यवसायी रहेको सघंले जनाएको छ । धर्ना किन र के का लागि भन्ने विषयमा इमेल खवर डट कमले संघका अध्यक्ष रत्न घिमिरेसंग कुराकानी गरेको छ । प्रस्तुत छ घिमिरेसंग गरेको कुराकानी ।

सिभिल मलमा व्यवसाय गर्ने व्यावसायी किन धर्नामा छन ?

कोभिड १९ ले विश्वव्यापी असर गरेको छ । यसको असर नेपालमा पनि परेको छ । हामी व्यापारीलाई पनि परेको छ । हाम्रा केटाकेटी बाबाममीले के ल्याउछन र खाने भन्नेमा छन । यस्तो अवस्थामा व्यावसायीलाई भाडा तिर्न वाध्य वनाउने मल संचालकको योजनाले हामीलाई दुखि वनाएको छ । र, यस विरुद्ध हामी धर्नामा छौ ।

तपाईहरुको मल संलचलकसंगको मुख्य माग चाही के हो ?

हाम्रोे मुख्यतय माग भनेको लकडाउनको शुन्य समयको भाडा हामी दिन सक्दैनौ भन्ने हो । त्यस पछि पनि व्यापारको वतावरण नभएको हुदा हामीलाई भाडमा विशेष गरि १ वर्षे सहुलियत प्याकेजको चाहिन्छ भन्ने हो ।

मागको विषयमा मल संचलकको प्रतिक्रिया के छ ?

मल संचालकले लकडाउन अवधी चैत्र देखि असार सम्मको पचास प्रतिशत भाडा छुट गर्नु भएको छ । साउन, भदौ र असोज सम्मको २५ प्रतिशत छुट दिने भन्नु भएको छ । असार सम्मको रकम २५ गते सम्म तिर्न भन्नु भएको छ । जुन प्रस्तावमा हाम्रो सहमति छैन । हामी सक्दैनौ पनि ।

संचलकको प्रस्तावमा भाडा छुट भएको रहेछ छ, तपाईको थप भनाई के हो ?

यो माहामारीको समयमा व्यवसायी र संचालक पक्ष मिलेर मलको हित गरौ भन्ने हो । व्यावसायी भए मात्र मल हुने हो । यसैले व्यवस्थापकिय खर्च भन्दा वढी हामी तिर्न सक्दैनो । हामी माथि बैकको व्याज छ । मल खुले पनि व्यापार छैन । व्यापारिक वातावरण कहिले सम्म वन्ने हो त्यो पनि थाहा छैन ।

मल संचालकको पनि आफ्नै खर्च होला, बैकको व्याज होला व्यवसायीको माग त अलि संचालकलाई च्याप्ने खालको भएन र ?

यो मलमा दुइ पक्ष छन । संचलक र व्यावसयी । यो घरवेटी र भाडावाल वीचको सम्वन्ध जस्तो होइन । त्यसैले हामी भएको खर्च तिर्छौ भनेका छौ । उहाहरुले भने अनुसार तिर्दा उहाहरु आधी आम्दानी गुमाउनु हुन्छ भने हामी त झन धेरै अप्ठ्यारोमा पर्छौ नी ।

यो त दुइ पक्ष वीच मिलेर सरकारसंग माग गर्नु पर्ने विषय हो भन्ने लाग्दैन तपाईलाई ?

हामी सरकार संग माग गरिरहेका छौ । सम्वन्धीत निकायमा ज्ञापन पत्र वुझाएका छौ । राष्टिय व्यवसायी माहासंघ मार्फत हामी अगाडी वढिरहेका छौ ।

धर्ना कहिले सम्म हुन्छ ?
अनिश्चितकाल