सार्वजनिक शौचालय प्रयोग गर्दा यि कुरामा ख्याल गर्नुस

साउन ४, काठमाडौं –सार्वजनिक शौचालय पनि कोरोना भाइरस प्रसारको जोखिम क्षेत्र हुने शौचालय प्रयोग गर्दा बिशेष सर्तकता अपनाउनु पर्दछ । धेरै ब्यक्तिे शौचालय प्रयोग गर्ने हुदा भाइरस सर्न सक्ने भएकाले सावधानी अपनाउन विज्ञहरूले सल्लाह दिँदै आएका छन् ।

सार्वजनिक शौचालय प्रयोग गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

सार्वजनिक शौचालयमा धेरैले प्रयोग गर्ने ट्वाइलेट पेपर, धारा, ढोकाको चुकुल छोएपछि साबुनपानीले मिचीमिची हात धुन पर्दछ ।

बन्द शौचालयभित्र भाइरसयुक्त छिटाहरू रहिरहन्छन् । त्यसैले समय–समयमा सार्वजनिक शौचालयलाई डिसइन्फेक्टेन्टबाट सफाइ गर्नुपर्छ ।

स्वास्थ्यविज्ञहरूले सावधानी अपनाएर सार्वजनिक शौचालय प्रयोग गर्न सकिने बताएका छन् ।

ज्येष्ठ नागरिक, दीर्घरोगीलगायत कोभिड–१९ को जोखिम समूहले सार्वजनिक शौचालय प्रयोगमा बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।

शौचालयका ढोकाका ह्यान्डल स्टिलका हुन्छन् । स्टिलमा करिब तीन दिनसम्म कोरोना भाइरस जीवित रहन सक्ने हुनाले विज्ञले सावधानी अपनाउनु पर्दछ ।