आज थपिए ५७ जना कोरोना संक्रमित

साउन ३, काठमाडौं – आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यो संगै हालसम्म संक्रमित हुनुहरुको संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।