अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार

साउन ३, एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरुलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका छन् ।

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

यसअघि मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पले गत शनिबार भने मास्कको प्रयोग गरेका थिए । उनले मास्क प्रयोगको विषयमा बोल्दै मास्क प्रयोग गर्ने विशेष स्थान र समय हुने बताएका थिए ।

शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका हुन् । उनले भने, “मानिसहरुका निश्चित स्वतन्बताहरु हुन्छन् । उनले आफू व्यक्तिको स्वतन्त्रता हनन् गर्ने पक्षमा नरहेको बताएका छन् ।