अण्डाको बोक्राले बनाउँछ अनुहार सफा र चम्किलो

 

साउन ३, काठमाडौं – छालालाई राम्रो र चम्किलो बनाउनका लागि घरमै अण्डाको बोक्रा निकै उपयोगी हुन्छ । अण्डाको बोक्रामा पाइने एसिड र गुणले छालाको सफाइ गर्दै त्यसलाई चम्किलो बनाउँछ ।

अण्डाको बोक्रा प्रयोग गर्ने बिधिहरु भने यसप्रकार छन् ।

अण्डाको बोक्रालाई राम्ररी सफा गरेर घाममा सुकाउने । सुकेपछि त्यसलाई मिक्चरमा पिसेर धुलो बनाउने । यसलाई अन्य सामग्रीसँग मिसाई प्रयोग गर्न सकिन्छ ।

छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेस्ट बनाउन सकिन्छ ।

अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ जसले गर्दा छालालाई जवान र चम्किलो बनाउँछ ।

आँखामुनिको छाला सुक्खा छ भने छालालाई राम्रो बनाउन अण्डाको बोक्रालाई प्रयोगमा ल्याउन सकिन्छ । २–४ चम्चा अण्डाको बोक्राको पाउडरमा मह मिसाएर लगाउन सकिन्छ ।