पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिए

साउन १, काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन्।

यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार २ सय ४९ पुगेको छ।