सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि

साउन १, काठमाडौं – सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

नयाँ सङ्क्रमितहरूमा कैलालीका १० जना, कञ्चनपुरका ३ र बझाङका १ छन् । तीमध्ये ८ पुरुष र ६ जना छन् ।