भर्चुअल गाईजात्रामा ‘डबल यू एच ओ’ प्रमुख मनोज गजुरेल

साउन १, कठमाडौ – साउन १५ गतेदेखि भर्चुअल ’गाईजात्रा विशेष कार्यक्रम’सुरु हुने भएको छ । यस कार्यक्रमको जानकारी सहित दर्शकलाई उत्साह थप्नको लागी कार्यक्रमको टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा हास्य कलाकार मनोज गजुरेल विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भूमिकामा देखिएका छन् ।

यस अप्ठ्यारो परिस्थितिमा इम्युनिटी पावर बढाउनका लागि मानिसमा सकारात्मक ऊर्जा कायम रहन दिन पनि हाँसो र मनोरञ्जन आवश्यक छ भन्ने बुझेरै कार्यक्रम निर्माण गरेको उनै ‘यूएस अन्डरएस्टिमेटेड अर्गनाइजेसन’ का प्रमुख हुन् डाक्टर टेड्रोस अधोनाम गजुरेलस् अर्थात् मनोज गजुरेल ले बताएका छन् ।

साउन १५ देखि एक सातासम्म प्रसारणमा आउनेछ । कार्यक्रममा कलाकारहरू यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे , सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ । त्यस्तै कमेडी च्याम्पियनका हिमेश पन्त, सुमन कोइराला, खड्गबहादुर पुन मगर, मेक्सम गौडेल, सुमन कार्की, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्लेलगायतको प्रस्तुति रहने छ ।