मन्त्री विश्वकर्माद्वारा पहिरोका घाइतेको जानकारी

साउन १, काठमाडौ – युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई भेटी उहाँले स्वास्थ्य अवस्थाबारे जानकारी लिई शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

पहिरोले टङ्कबहादुर थापाको घर पुरिँदा पाँच जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएकामा दुई जनाको मणिपाल तथा तीन जनाको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा घाइते भएका तीन जना भने उपचारपछि घर फर्किएका छन् । मणिपालमा रश्मी र आशा थापा तथा पश्चिमाञ्चल अस्पतालमा पिङ्की र पिरिसा थापा तथा सरस्वती श्रेष्ठको उपचार भइरहेको छ । त्यस अवसरमा मन्त्री विश्वकर्माले सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउँदै घरबार विहिन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिने जानकारी दिए ।