अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीहरुलाई बेतलबी बिदा दिने निजी विद्यालय सञ्चालकको निर्णय

असार ३१, काठमाडौं निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । यस्तै शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले आफूहरुका माग पुरा नगरेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेका छन् ।

प्याब्सन तथा एनप्याब्सनले मुलुकभर लगभग ३० लाख विद्यार्थीहरु निजी विद्यालयमा अध्ययनरत रहेको र करीव २ लाख ५० हजार शिक्षक–कर्मचारीले रोजगारी पाएको जनाएका छन् ।

‘घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इंटरनेट इत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।