काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण

असार ३१, काठमाडौं  – नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा कोरोना पुष्टि भएको हो । पुष्टि हुने मध्ये ७ जना काठमाडौं जिल्लाका रहेका गौतमले बताए ।

यो संगै संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।