नेपाल इन्भेष्टमेन्ट बैंकको सीईओमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त

असार ३०, काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन् ।

असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका पाण्डेलाई थप एक कार्यकालको लागि दोहोर्याएको हो ।

पाण्डेको वर्तमान कार्यकाल असार ३० गतेदेखि सकिँदै थियो । सो कार्यकाल समाप्त भएपछि बैंकले उनलाई साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरेको हो ।

यससँगै उनले आगामी ४ वर्ष अर्थात २०८१ सालसम्म यस बैंकको सीईओको कार्यभार सम्हाल्ने छन् ।