सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९३ हजार ३ सयमा कारोबार

असार २९, काठमाडौं – सुन हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

आइतबार प्रतितोला ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला ९ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी १० रूपैयाँ बढेर ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।