दुई गाउँ जोखिममा

असार २६, काठमाण्डौँ – बारेकोट गाउँपालिका–४ मैना, वडा नं. ५ कालाखोली, कोट्ली, बयाल र तोलखानाका सर्वसाधारणहरुलाई सुरक्षित रुपमा बस्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । रागाँचौथारी हिमालबाट बग्ने खोलाले कटान गर्दा मैना गाउँ जोखिममा परेको छ । सर्वसाधारण जङ्गलमा पाल टाँगेर बसेको स्थानीय धीरेन्द्र बस्नेतले जानकारी दिए । त्यस्तै जिल्लाका सबै सडक अवरुद्ध भएका छन् । सदरमुकामलगायत अन्य ठाउँबाट गएकोटोली घटनास्थलमा पुग्न अझै सकेको छैन । राहत र उद्धारका लागि आउने भनिएको हेलिकप्टर खराब मौसमका कारण आउन नसकेको हो । मौसमले साथ नदिँदा समस्या भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । हेलिकप्टर तयारी अवस्थामा भए पनि मौसमले साथ नदिँदा समस्या भएको छ ।रासस