नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द गरिने

असार २५, काठमाडौं –नेपालमा भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द हुने भएको छ । प्रधानमन्त्री र नेपालका बारेमा निरन्तर फेक न्युज दिएपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाइएको हो ।

बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने लागिएको हो । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरूले भारतीय न्युज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । पछिल्लो समय प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर भारतीय न्युज च्यानलमा आपत्तिजनक विषयहरू प्रसारण हुन थालेका छन् ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आएका विषयवस्तुप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।