हत्या

असार २५, काठमाडौं – धर्मदेवी नगरपालिकामा एक महिलाको हत्या भएको छ । धर्मदेवी–९ मूलगाउँ नजीकै जङ्गलमा घाँस काट्न गएकी मनमाया जिमीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।

बुधबार दिउँसो ३ बजे घरबाट घाँस काट्न गएकी मनमाया आज बिहान मृतावस्थामा फेला परेको जनाइएको छ । श्रीमती घर नआएपछि मनमायाका श्रीमान् रुद्र र छोराले खोजी गर्दै मूलगाउँको जङ्गल पुग्दा आज बिहान ८ हत्या गरिएका अवस्थामा फेला पारेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न भएको आशङ्कामा मूलगाउँकै केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।रासस