बर्षायाममा कसरी गर्ने छालाको स्याहार ?

असार २५, काठमाडौं – बर्षायाम शुरु भइसकेको छ । यो मौषममा बिभिन्न प्रकारका छालाका समस्याहरु आउन सक्छन् । बर्षातमा छाला रातो हुने चिलाउने हुन सक्दछ । जसलाई एक्जिमा भनिन्छ । बर्षायाममा बाताबरण ओसिलो हुने भएकाले ब्याक्टेरियाको संक्रमण छिटो फैलिन सक्दछ । त्यसकारण यस्तो मौषममा बिशेष सर्तकता अपनाउनु पर्दछ ।

बर्षायाममा कसरी शरीर र छालाको स्याहार गर्ने भन्ने बारेमा यहां केहि टिप्सहरुको चर्चा गरिएको छ । ।

बर्षायाममा धेरै मेकअप गर्नु राम्रो हुँदैन । धेरै फाउन्डेशन लगाउनु हुँदैन । हल्का मात्र मेकअप गरेर घरबाहिर निस्कनु राम्रो हुन्छ । बर्षा याममा भारी मेकअप गर्दा तयसको असरले तपाइको छालाको छिद्रलाई बन्द गर्ने हुँदा त्यसले तपाइको छालामा हानी पुर्याउँछ ।

अनुहारलाई धुलो- मैलोबाट बचाउनको लागि स्किन टोनर लगाउनु पर्छ । बर्षा याम हो घामको खासै असर हुँदैन भन्ने नसोची सन क्रिम लगाउनु पनि राम्रो हुन्छ ।

बर्षा याममा अनुहार मात्र नभई ओठ र आँखाको पनि स्याहार गर्नु पर्छ । आँखा र ओठको आसपासको छाला कोमल हुन्छ । त्यसैले पनि त्यसको हेरचाह गर्नु पर्ने हुन्छ।

बारीमा लामो समय काम गर्दा, खाली खुट्टा हिँड्दा र चिसो जुत्ता वा मोजा लगाउँदा खुट्टामा फंगल इन्फेक्सन हुन्छ । समयमै उपचार नगरिए यसले छाला पाक्ने, पिप आउने, दुख्ने र चिलाउने समस्या निम्त्याउँछ ।

बाहिर निस्कदा  भिजेको जुत्ता, चप्पल र मोजा लगाउनु हुदैन । वर्षामा भिजेपछि सफा कपडाले शरीर पुछ्ने गर्नुपर्दछ ।