सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक – भिडियोसहित

असार २३, काठमाडौं – सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार युट्युब मार्फत ट्रेलर सार्वजनिक भएको हो । जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित यस चलचित्रमा सुशान्त सिंह राजपूत र सञ्जना सांघीले शीर्ष भूमिका रहेको छ ।

मुकेश चब्राको निर्देशन रहेको चलचित्रमा क्यान्सर पीडित सञ्जना सांघीको कहानी देखाइएको छ ।

जुलाई २४ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदै छ । डिज्नी हटस्टारमा रिलिज हुने फिल्म निःशुल्क हेर्न पाइने बताइएको छ ।

‘दिल बेचारा’ सन् २०१४ को सफल अमेरिकी चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो ।

सुशान्तले गत १४ जुनमा आफ्नै निवासमा आत्महत्या गरेका थिए । उनको रहस्यमय आत्महत्याको अनुसन्धान भइरहेको छ ।