कोरोना संक्रमित मुलुक मध्ये शीर्ष तीनमा भारत

असार २२, एजेन्सी – भारत कोरोना संक्रमित मुलुकको शीर्ष तीन मुलुकभित्र पुगेको छ।

कोभिड १९ का कारण खराब मुलुकहरुको सूचीमा चौथो स्थानमा रहेको भारतमा एकै दिन झन्डै २५ हजार नयाँ संक्रमित थपिएपछि रसियालाई उछिनेको हो ।

भारतमा आइतवार एकै दिन ४ सय २१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म ६ लाख ९७ हजार ८ सय ८७ संक्रमित भेटिएको आधिकारिक पुष्टि भइसकेको छ। रसियामा रहेका संक्रमितको संख्यालाई भारतले उछिनेको हो ।

भारतभन्दा अगाडि अब ब्राजिल र अमेरिकामात्र रहेका छन्। दुवै मुलुकमा संक्रमितको संख्या लगातार बढिरहेको छ। मृत्यु हुनेको संख्यामा पनि अमेरिका र ब्राजिल ने अगाडि छन्।