हङकङ नेपाली अल्पसंख्यक संगठनले गृहमन्त्रालयमा बुझायो ज्ञापनपत्र

असार १७, काठमाडौं –रुकुम चौरहजारी काण्डमा मुतक परिवारलाई न्याय दिन माग गर्दै हङकङ नेपाली अल्पसंख्यक संगठनले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

हङकङ नेपाली अल्पसंख्यक संगठनका अध्यक्ष  गोबिन्द बिकको नेतृत्वको टोलीले बुधबार नेपाल महादुताबासको कार्यालय हङकङ मार्फत संगठनले गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा अन्तरजातिय बिबाह गर्ने क्रममा छ जनाको मुत्यु हुने गरि हत्या गरिएकाले घटनाको उचित छानविन हुनुपर्ने , घाइतेहरुलाई उपचार ब्यबस्था हुनुपर्ने, हत्याराहरुलाई हदै सम्मको कारबाही हुनुपर्ने लगायतका माग गरिएको छ । यसका साथै गैरदलितहरुले दलितहरुलाई गर्ने अमानविय ब्यबहार अन्त्य हुनुपर्ने ,छुवाछुत सम्बन्धी कानुन कडाइका साथ लागु गरिनुपर्ने माग गरिएको छ ।

बिज्ञप्तीमा  चौरहजारी हत्याकाण्डमा हत्याराहरुलाई कुनै पनि पक्षको संरक्षणमा छुटकारा नगराउन अपिल गरिएको  छ ।  घटनाको उचित छानबिन गरि पीडितले न्याय नपाएमा दलित तथा गैर दलितले समेत आन्दोलन यथावत राख्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत जेठ १० गते रुकुमको अन्तरजातिय बिबाह गर्ने क्रममा रुकुमको चौरहजारीमा छ जनाले ज्यान गुमाएको थिए ।