गोदावरीका बजार तथा पसल बन्द गर्न आह्वान

असार १८, काठमाडौ- गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ ।

गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनले भने, “सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षणको रिपोर्ट नआउँदासम्म बन्दका लागि आग्रह गरेका हाँै ।”

कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गइरहेका अवस्थामा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले अपील समेत गरेको छ ।