सार्वजनिक शौचालय प्रयोग गर्दा ख्याल गर्नुस यि कुरा

असार १७, एजेन्सी – कोरोना भाइरसबाट सर्तक हुनका लागि सार्वजनिक शौचालय प्रयोग गर्दा साबधानी अपनाउनु पर्ने बिज्ञहरुले बताएका छन् । सार्वजनिक शौचालयमा कोरोना भाइरसको जोखिम उच्च हुने भएकाले बिशेष सर्तकता रहन बिज्ञरुको सल्लाह दिएका छन् ।

सार्वजनिक शौचालय प्रयोग गर्दा के कुरामा ख्याल गर्ने त ? केही टिप्सहरु यहा प्रस्तुत गरिएको छ ।

शौचालयमा धेरैले प्रयोग गर्ने ट्वाइलेट पेपर, धारा, ढोकाको चुकुल छोएपछि साबुनपानीले मिचीमिची हात धुन पर्दछ ।

शौचालयका ढोकाका ह्यान्डल स्टिलका हुन्छन् । स्टिलमा करिब तीन दिनसम्म कोरोना भाइरस जीवित रहन सक्ने हुनाले साबधानी अपनाउनु पर्दछ ।

सार्वजनिक शौचलय प्रयोग गर्ने ज्येष्ठ नागरिक, दीर्घरोगीलगायत कोभिड–१९ को जोखिम समूहले सार्वजनिक शौचालयमा सरसफाइलाई बिशेष ध्यान दिनु पर्दछ ।

शौचालयमा गर्दा एरोसोल र ड्रपलेट्स निस्केर हावा नमिसिऊन् भनेर पनि बारम्बार सफा गरिरहनुपर्दछ ।