करण जोहरको शो ‘कफी विथ करण’ बन्द हुने

असार १७, एजेन्सी – निर्माता तथा निर्देशक करण जोहरको विवादित शो ‘कफी विथ करण’ बन्द हुने भएको छ ।

समय समयमा विवादमा तानिइरहने यस शो अब भने प्रसारण नहुने भएको छ । करणको यो शो प्रसारण गर्ने च्यानल स्टार वर्ल्ड भारतमा प्रसारण नहुने भएको हो ।

अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि उठेको विवादले करणलाई निशाना बनाएको थियो ।

करणले नातावादलाई बढवा दिने र बाहिरबाट आएकालाई अगाडी बढ्न नदिने भनि उनको विरोध हुनुका साथै अभियान समेत दर्शकले चलाएका छन् ।