गगन थापाको आक्रोश –बालुवाटारको तमासा अति भो

नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटारको तमासा अति भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमार्फत् अब बालुवाटारको तमासा रोक्न र काम गर्ने सरकार दिन आग्रह गरेका छन्।

नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘ बालुवाटारमा तमासा छ १ सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन्। तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’

नेकपाको जारी स्थायी कमिटि बैठकमा आन्तरिक खिचलो छताछुल्ल भइरहँदा प्रतिपक्षी दल कांग्रेसका नेता थापाको यस्तो टिप्पणी आएको हो ।