काठमाडौंका १२ सहित ३१६ ब्यत्तिलाई कोरोना पुष्टि

असार १६, काठमाडौं – आज थप ३१६ ब्यत्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुलाई संक्रमण पुष्टि भएको बताए ।

संक्रमण पुष्टि भएका ब्यत्तिहरु बिभिन्न जिल्लाका रहेका छन् । काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएको गौतमले जानकारी गराए ।

यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।