आजको मौसम – देशभर पानी पर्ने, सतर्कता अपनाउन महाशाखाको आग्रह

असार १५, काठमाडौं – देशभर आज मौषममा बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्य बदली रही केही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।