‘के माया लाग्छ र ? मा निशान भट्टराईको स्वर – हेरौ भिडियो

असार १५, काठमाडौं – गायक निशान भट्टराईको आवाजमा ‘के माया लाग्छ र ? बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा निशानलाई एलिना चौहानले स्वर दिएर साथ दिएकी छिन् ।

हर्क साउदको शब्द रहेको गीतमा अङ्कित बाबु अधिकारीको सङ्गीत रहेको छ ।

आर्टमान्डुको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई नवीन चौहानले निर्देशन गरेका हुन् ।

भिडियोमा मुकुन भुषाल, सुरबिना कार्की र मनिष तामाङ फिचर्ड छन् । भिडियो निशल पौडेलले खिचेका हुन् भने सुनिल पौडेलले सम्पादन गरेका छन् ।