मदनकृष्ण र कोमल ओलीको ‘माया लाउन सजिलो’ सार्वजनिक

असार ११, काठमाडौ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका कोमल ओलीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ’माया लगाउन सजिलो’ बोलको गीतमा शम्भुजित बाँस्कोटाले संगीत तथा उत्तम सेन्जलको शब्द रहेको छ ।

मह संचारको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको यस गीतको भिडियो यमन श्रेष्ठले तयार गरेका हुन् ।

भिडियोमा मदनकृष्ण र कोमल ओलीलाई नै देखाइएको छ । सुशिल श्रेष्ठ, सिया श्रेष्ठ, महेश खड्गी, आरध्या लक्ष्मीले भिडियोमा अभिनय गरेका छन् ।