थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

असार ११, काठमाडौं – नेपालमा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार २ सय ९७ वटा नमुनाको पिसीआर परीक्षण गरिएकोमा ९३ जनाको संक्रमण पुष्टि भएको हो।

बाँकी २ सय ४ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ३६ पुगेको छ।

आजै बिहानमात्रै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले म्याग्दीका ६ सहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो।