नेकपा स्थायी कमिटी बैठक बस्दै, यी बिषयमा हुनेछन् छलफल

असार १०, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । यसअघि गत ३१ वैशाखमा पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगित गरिएको थियो ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ ।

त्यस्तै सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी), बजेट र कोभिड(१९ का बारेमा बैठकमा छलफल हुने बताइएको छ ।