ब्यत्तिले निजीमा कोरोना परीक्षण गर्न नपाउने, सरकारी स्याम्पल परीक्षण गर्न ५ हजार ५ सय

असार ९, काठमाडौं –व्यक्तिले चाहेमा निजी प्रयोगशालामा कोरोना परीक्षण गर्न नपाउने भएका छन् । सरकारले संकलन गरेको स्याम्पल मात्र निजीले परीक्षण गर्न पाउने भएको छ । निजीले परीक्षण गरेवापत प्रति स्याम्पल ५ हजार ५ सय रुपैयाँ सरकारले नै उपलब्ध गराउने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको निर्देशिकामा भनिएको छ, ‘निजि प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएको नमुनलाई मात्र परीक्षण गर्नेछ । यस वापत नेपाल सरकारले प्रति नमुना अधिकतम ५ हजार ५ सय सोध भर्ना गर्ने छ ।’

निजीबट पनि परीक्षण गर्ने भएपछि १५ असारदेखि प्रतिदिन १० हजारको परीक्षण गर्ने सरकारको तयारी छ । अहिले २२ ठाउँबाट प्रत्येक दिन ६ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ ।

परीक्षणको लागि नमुना धेरै संकलन भएकाले प्रयोगशालामा डम्प भएको छ । अब निजीबाट पनि परीक्षण हुने भएपछि नमुना डम्प नहुने मन्त्रालयले जनाएको छ ।