बुद्ध लामा र अस्मिता अधिकारीको गीत सार्वजनिक

असार ९, काठमाडौं– बुद्ध लामा र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‛मैले बोलेको छैन’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा अर्जुन पोख्रेलको सङ्गीत र शब्द रहेको छ । गीतमा बुद्ध र अस्मितालाई कृष्णा काफ्ले र समीक्षा अधिकारीले स्वर दिएर साथ दिएका छन् । सार्वजनिक गीतको भिडियोमा बुद्ध, अस्मिता, कृष्णा र समीक्षा नै फिचर्ड छन् ।

भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् भने उत्सव नेपालले छायाङ्कन र विकास दाहालको सम्पादन गरेका छन् । गीत ’द डिभाइन म्युजिक’को युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।