प्रधानमन्त्री भन्छन् ‘कोरोनाबाट नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्य’

असार ४, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्यु भएको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीले कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको दाबी गरे ।

बैठकमा बोल्दै प्रधानमन्त्रीले नेपालमा २० जनाको मुत्यु भएको भनिएपनि कोरोनाका कारण मुत्यु हुनेको संख्या न्युन रहेको बताए ।

उनिहरुलाई अन्य बिरामीले छोएको कारण मुत्यु भएको बताए । उनले भने ‘ एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको छ । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक गरेको छ ।