पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा एकतर्फी गाडी सञ्चालन

असार ४, काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा गएको पहिरोका कारण अरुवद्ध भएको बाटो अहिले एक तर्फी खुला भएको छ ।

इच्छाकामना गाउँपालिका–६ चारकिलोमा मंगलबार बिहान पहिरो गएको थियो । सो पहिरो हटाएर बाटो सञ्चालनको तयारी भइरहँदा बेलुका पुनः पहिरो खस्दा समस्या भएको हो ।

अहिले पहिरो आंशिक रुपमा हटाएर एकतर्फी रुपमा बाटो खुलाइएको भए पनि गाडीको चाप अत्याधिक रहेको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।

पहिरो पूर्णरुपमा हटाएर बाटो दुई तर्फी नै सञ्चालन गर्ने प्रयास भइरहेको र केही घण्टा लाग्ने प्रहरीको भनाई छ ।