मौसम पूर्वानुमान – केहि स्थानमा भारी वर्षाको सम्भावना

असार ४, काठमाडौं – आज सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुनको प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च चापीय क्षेत्रको प्रभावका कारण कर्णालीसम्म पुगेको मनसुनी प्रणाली तत्काललाई अघि बढ्न नसकेको मौसमविद्हरुले बताएका छन्
अहिले प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदलीको अवस्था छ ।

यस्तै प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भएको छ । पूर्वका केही स्थानमा हाल वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।