पाकिस्तानमा एकै दिन ६ हजार कोरोना संक्रमित

असार ३, काठमाडौं – पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा ५ हजार ८३९ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १ लाख ५४ हजार ७६० पुगेको छ ।

पाकिस्तानमा कोरोनाभाइरससँग सम्बन्धित मृतकको संख्या २ हजार ९७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ५८ हजार ४३७ जना निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको जनाएको छ ।

पाकिस्तानको पन्जाब प्रान्तमा सर्वाधिक व्यक्ति अर्थात् ५८ हजार ३२९ जना संक्रमित भएका छन् भने सिन्ध प्रान्तमा ५७ हजार ८६८ जनामा संक्रमण देखिएको छ ।

राष्ट्रिय स्वास्थ्य सेवा विभागका डा जाफर मिर्जाले पाकिस्तानमा कोविड–१९ को उपचारमा बेलायतमा सफल देखिएको डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी दिए ।

उनले पाकिस्तानी विज्ञ समितिले यसबारेमा चाँडै निर्णय गर्न लागेको पनि बताए ।रासस–एएनआई